Header Ads

Header ADS

पीडीएफलाई वर्ड फाइलमा कन्भर्ट कसरी गर्ने ?

 

काठमाडौं । अहिलेको समयमा अफिस वा अन्य डकुमेन्ट पीडीएफ फर्म्याटमा पठाउने चलन छ । यो फर्म्याटमा फाइलहरु निकै कम्प्रेस्ड रुपमा राखिएको हुन्छ ।

जसले गर्दा फाइल हलुका हुन्छ र सजिलै जता पनि सार्न सकिन्छ । धेरै जसो समय हामीले पीडीएफ फाइलकै प्रयोग गरिरहेका हुन्छौं । तर पीडीएफ त्यतिखेर झन्झटिलो बनिदिन्छ, जब तपाईं एडिट गर्न खोज्नुहुन्छ ।


पीडीएफ फाइलमा कुनै सम्पादन गर्न चाहनुहुन्छ भने त्यसलाई वर्डमा कन्भर्ट गर्नुको विकल्प छैन । यस्तोमा धेरैजसो व्यक्तिहरुलाई पीडीएफलाई वर्डमा कन्भर्ड गरेर एडिट गर्ने तरिका थाहा हुँदैन ।

आज हामी यसको बारेमा सजिलो टिप्स बताउँदै छौं । जसको सहयोगमा तपाईं सहजै पीडीएफ फाइललाई वर्डमा रुपान्तरण गर्न सक्नुहुनेछ ।


यसो गर्नुहोस्

सबैभन्दा पहिला यहाँ क्लिक गर्नुहोस् । अब वेब पेजमा गएर पीडीएफ टु वर्डको अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले फाइल छनौट गर्ने अप्सन देख्न सक्नुहुनेछ ।

त्यसमा क्लिक गरेपछि एउटा डायलग बक्स खुल्नेछ । अब तपाईंले वर्डमा कन्भर्ट गर्न चाहेको पीडीएफ फाइललाई सेलेक्ट गर्नुहोस् । फाइल अपलोड भइसकेपछि कन्भर्ट बटनमा दबाउनुहोस् ।

फाइल कन्भर्ट भएपछि तपाईंले डाउनलोड बटनमा क्लिक गर्नुपर्ने हुन्छ । यो वेबसाइटको सहयोगमा यसरी तपाईंले पीडीएफबाट सहजै वर्डमा कन्भर्ट गर्न सक्नुहुन्छ ।

अफलाइनमा कसरी गर्ने ?

अनलाइनमात्र होइन पीडीएफलाई वर्डमा कन्भर्ट गर्ने अफलाइनको विकल्प पनि छ । त्यसका लागि तपाईंले वण्डर शेयर पीडीएफ एलिमेन्ट सफ्टवेयर डाउनलोड गरेर इन्स्टल गर्नुहोस् ।

सफ्टवेयर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र फ्रि डाउनलोडमा दबाउनुहोस् ।

सफ्टवेयर इन्स्टल भएपछि त्यसलाई खोल्नुहोस् र आफूले वर्डमा कन्भर्ट गर्न चाहेको पीडीएफ फाइललाई सेलेक्ट गर्नुहोस् । यसरी यो सफ्टवेयरले तपाईंको पीडीएफ फाइललाई अफलाइनमै वर्ड फाइलमा कन्भर्ट गरिदिन्छ ।

No comments

स्वत: चार्ज हुने हजारौं वर्ष आयु भएको ब्याट्रीको प्रोटोटाइप निर्माण

  तपाईंले प्रयोग गर्ने स्मार्टफोन वा ल्यापटपमा चार्ज गर्नै नपरे कस्तो होला ? एकपटक खरिद गरेपछि आनन्दले चलाउन पाए हुन्थ्यो भन्ने जोकसैलाई लाग...

Powered by Blogger.