Header Ads

Header ADS

पल्सर १५० टिडीलाई टक्कर दिन आरटीआर १६० फोर भी सिंगल डिस्क, मूल्य दुई हजार फरक


काठमाडौं
। नेपाली बजारमा प्रबेश गरेदेखि नै पल्सर सफल मोडलको रुपमा स्थापित हुँदै आएको मोडल हो । अहिले बजारमा यामाहा, टीभीएस, होन्डा, सुजुकी, हिरो लगायतका ब्राण्डले पल्सर १५० को बिक्रीलाई भेट्ने प्रयास गरेको भएपनि अन्य कम्पनीको तुलनामा पल्सर सिरिजको माग र लोकप्रियता निकै माथि रहँदै आएको छ ।

विभिन्न समयमा पल्सर सिरिजलाई टक्कर दिन अन्य कम्पनीले नयाँ नयाँ मोडल ल्याएको भएपनि यसको प्रतिस्पर्धामा अन्य कम्पनीले ल्याएका मोडल खरो उत्रन सकेका छैनन् ।

पल्सर सिरिजमा १५० सीसी क्षमताको मोटरसाइकलको बेग्लै पहिचान बनेको छ । यसलाई कम्पनीले रेगुलर मोडल क्लासिक र टिडी (दुबै चक्कामा डिस्क ब्रेक) भएको भेरियन्टमा बिक्री गर्दै आएको छ ।

केही दिनअघि टीभीएसले आफ्नो चर्चित मोटरसाइकल आरटीआर १६० फोर भि सिंगल डिस्क भेरियन्टको बिक्री सुरु गरेको थियो । जगदम्बा मोटर्सले यसको मूल्य पल्सर १५० टिडीको तुलनामा २ हजार रुपैयाँ बढी राखेर बिक्री सुरु गरेको हो ।

डबल डिस्क भेरियन्टको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको आरटीआरको सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ राखेको छ । जुन करिब १७ हजार रुपैयाँ सस्तो हो । कम्पनीले राखेको मूल्यले पल्सर १५० टिडीसँग सिधा प्रतिस्पर्धा गर्ने लक्ष्य भएको प्रस्टै देखिन्छ ।

पछिल्ला दिनमा पल्सर १५० टिडीको बिक्री ठूलो संख्यामा भइरहेको छ । यसमै आफुलाई स्थापित गर्न टीभीएसले आरटीआर फोर भिको सिंगल डिस्क भेरियन्ट बजारमा उतारेको हो ।

यी दुई मोटरसाइकलमा डिजाइन, पावर लगायत विषयमा भिन्नता पाउन सकिन्छ । यस्तोमा बजाजको सर्वाधिक चर्चित मोटरसाइकललाई टीभीएसको सफल मोटरसाइकलले दिने टक्कर हेर्न लायक हुने अनुमान गर्न सकिन्छ ।

बजाज पल्सर १५० टीडी र अपाचे आरटीआर १६० फोर भी सिगंल डिस्क बीच रहेको तुलनात्मक भिन्नता यसप्रकार छन् ।

#इन्जिन

बजाज पल्सर १५० टीडीमा १४९.५ सीसी सिगंल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा १३.८ बीएच पावर तथा ६००० आरपीएममा १३.४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

आरटीआर १६० सिगंल डिस्कमा १५९.७ सीसी सिगंल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८२५० आरपीएममा १६.२ बीएच पावर तथा ६००० आरपीएममा १४.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

#माइलेज

बजाज पल्सर १५० मा १५ लिटरको इन्धन स्टोरेज क्षमता रहेको छ भने आरटीआर १६० मा १२ लिटरको इन्धन क्षमता रहेको छ । बजाज पल्सर १५० ले प्रतिलिटर ६५ किलोमिटर र टीभीएसले ५० किलोमिटर प्रतिलिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । तर, यी दुबै मोटरसाइकलको अनरोड माइलेज भने दाबी भन्दा कम आउने छ ।

#ब्रेक_ह्वील

बजाज पल्सर १५० टिडीको दुबै चक्कामा डिस्क ब्रेक रहेको छ । यस्तै आरटीआर १६० मा सिगंल डिस्क रहेको छ । बजाज पल्सर १५० को फ्रन्टमा २६० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक रहेको छ । यस्तै आरटीआर १६० को फ्रन्टमा २७० एमएमको डिस्क र रियरमा १३० एमएमको ड्रम ब्रेक रहेको छ । दुबै मोटरसाइकलमा समान १७ इन्चको ट्यूवलेस टायर र अलोय ह्वील दिइएको छ ।

#सस्पेन्सन

बजाज पल्सर १५० को अगाडि एन्टी फ्रिक्सन टेलिस्कोपिक सस्पेन्सन र पछाडि ५ स्टेप एड्जष्टएबल निट्रोक्स सक एब्जर्बर रहेको छ । आरटीआर १६० को अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि मोनोशक सस्पेन्सन रहेको छ ।

अन्त्यमा, बजाज पल्सर माइलेज तथा संचालन खर्च कम हुने मोटरसाइकल हो । त्यस्तै आरटीआर १६० फोर भी स्टाइलिस डिजाइन र पावरफुल इन्जिनको कारण सफल बन्दै गएको मोटरसाइकल हो । मूल्य समान रहेको यी दुई मोटरसाइकल बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

No comments

स्वत: चार्ज हुने हजारौं वर्ष आयु भएको ब्याट्रीको प्रोटोटाइप निर्माण

  तपाईंले प्रयोग गर्ने स्मार्टफोन वा ल्यापटपमा चार्ज गर्नै नपरे कस्तो होला ? एकपटक खरिद गरेपछि आनन्दले चलाउन पाए हुन्थ्यो भन्ने जोकसैलाई लाग...

Powered by Blogger.