Header Ads

Header ADS

पोर्न साइटमा देखिन थाले ‘कपल च्यालेञ्ज’का फोटो !

 

काठमाडौं

सामाजिक सञ्जालमा पछिल्ला केही दिन यता च्यालेञ्जको नाममा अनेक ट्रेन्डहरु चलिरहेका छन् । जसमा कपल च्यालेञ्जको रुपमा प्रयोगकर्ताहरुले आफ्नो पार्टनरसँगको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

कपल च्यालेञ्जनको नाममा प्रयोगकर्ताहरुले आफ्नो निजी जानकारी उदाङ्गो पारिरहेका छन् । जसको आधारमा ह्याकरले निशाना साँध्न सक्ने जोखिम निकै छ ।


यदि तपाईं पनि हाँस्दै मुस्कुराउँदै गरेको आफ्नो पार्टनरसँगको फोटो ह्यासट्याग कपल च्यालेञ्ज सहित फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा पोस्ट गरिरहनु भएको छ भने सतर्क रहनुहोस् ।

यो ह्यासट्याग मात्र नभएर ह्याकरले व्यक्तिगत जानकारी संकलन गर्न बुनेको जाल भएको साइबर सुरक्षा विज्ञहरुको विश्लेषण छ । सेल्फी लिँदा त ठीकै छ ।


त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गर्नु पनि स्वभाविक नै मान्न सकिन्छ । तर यदि तपाईं सामाजिक सञ्जालमा चलिरहेका ह्यासट्याग ट्रेन्डमा आफ्नो तस्वीर तथा निजी जानकारी पोस्ट गरिरहनु भएको छ भने त्यो अरुका लागि तपाईंको च्यालेञ्ज नभएर आफ्नै जीवनमाथिको च्यालेञ्जको रुपमा आइलाग्न सक्छ ।


यो ट्रेन्ड नेपालमा मात्र नभएर अहिले छिमेकी देश भारत, बंग्लादेश लगायतका मुलुकमा पनि खुबै चलेको छ । अहिलेसम्म करिब ३० लाख प्रयोगकर्ताले कपल च्यालेञ्जको रुपमा आफ्ना पार्टनरसँगको फोटो फेसबुकमा शेयर गरिसकेका छन् ।

हुँदा हुँदा यो विषय भारतको प्रहरी समक्ष पुगेको छ । भारतको पुणे प्रहरीले आफ्नो ट्वीटर ह्याण्डलमार्फत प्रयोगकर्ताहरुलाई यो च्यालेञ्जबाट जोगिन अनुरोध गरेको छ ।


ट्वीटमा भनिएको छ, ‘आफ्ना पार्टनरसँगको फोटो पोस्ट गर्नु अघि दुई पटक सोच्ने गर्नुहोस् । यदि सावधानी अपनाउनु भएन भने यो च्यालेञ्ज गलत सावित हुनसक्छ ।’

यस प्रकारका च्यालेञ्ज चलाएर ह्याकरले प्रयोगकर्ताका निजी तस्वीरहरुलाई निशाना बनाउँछन् । जसलाई विश्वभर रिभेञ्ज पोर्न तथा डिप फेक प्रविधिको शिकार बनाइन्छ ।

कयौं व्यक्तिहरु, खास गरेर महिलाहरु डिप फेकको शिकार हुने गरेका छन् । जसमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर कसैको तस्वीर अर्को कुनै व्यक्तिको शरीरमा यसरी जोडिन्छ कि त्यो वास्तविक जस्तै देखिन थाल्छ ।

आम सर्वसाधारणदेखि ठूला सेलिब्रेटी समेत यस किसिमका डिप फेकका शिकार भइसकेका छन् । केही दिनको अन्तरालमा सामाजिक सञ्जालमा फरक फरक किसिमका च्यालेञ्जहरु आइरहेका छन् ।

यस्तैमा आएका च्यालेञ्ज मध्ये कपल च्यालेञ्ज पनि एक हो । कपल च्यालेञ्जमा सहभागी केही व्यक्तिको फोटो पोर्नग्राफिक साइटहरुमा देखिएका खबर आउन थालेका छन् ।

डिप फेक बाहेक यस किसिमका च्यालेञ्जबाट व्यक्तिका सम्पूर्ण निजी जानकारी नकालिन्छ, जसको प्रयोग ब्ल्याकमेल गर्नका लागि उपयोग हुनसक्छ । त्यसैले सामाजिक सञ्जालमा आफ्नो फोटो तथा निजी जानकारी शेयर गर्नु अघि सावधानी अपनाउने गर्नुहोस् ।


No comments

स्वत: चार्ज हुने हजारौं वर्ष आयु भएको ब्याट्रीको प्रोटोटाइप निर्माण

  तपाईंले प्रयोग गर्ने स्मार्टफोन वा ल्यापटपमा चार्ज गर्नै नपरे कस्तो होला ? एकपटक खरिद गरेपछि आनन्दले चलाउन पाए हुन्थ्यो भन्ने जोकसैलाई लाग...

Powered by Blogger.