Header Ads

Header ADS

स्वत: चार्ज हुने हजारौं वर्ष आयु भएको ब्याट्रीको प्रोटोटाइप निर्माण


 तपाईंले प्रयोग गर्ने स्मार्टफोन वा ल्यापटपमा चार्ज गर्नै नपरे कस्तो होला ? एकपटक खरिद गरेपछि आनन्दले चलाउन पाए हुन्थ्यो भन्ने जोकसैलाई लाग्दो हो । तर त्यति धेरै क्षमता भएको ब्याट्री अहिलेसम्म बनेकै छैन ।

तर अमेरिकी कम्पनी एनडिबीले यसबारे एउटा सम्भावना प्रमाणित गर्ने साहस सहित स्वतः चार्ज हुने हजारौं आयु भएको ब्याट्रीकाे प्रोटोटाइप लिएर आएको छ । यो कम्पनीले नानो डायमन्ड ब्याट्रीकाे विकास र निर्माण गर्दै आइरहेको छ, जो सफा र हरियाली वातावरण मैत्री छ ।

एनडिबीले आफ्नो नानो डायमन्ड ब्याट्रीकाे अवधारणाको सफल परीक्षण गरेको जानकारी दिएकाे छ। दुईमध्ये एउटा परीक्षण लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामा भएको थियो भने अर्को क्याम्ब्रिज विश्वविद्यालयको क्याभेन्डिस प्रयोगशालमा भएको थियो ।

दुवै परीक्षणमा एनडीबीको ब्याट्री प्रविधिले ४० प्रतिशत चार्जलाई व्यवस्थापन गरेको पाइयो । स्ट्याण्डर्ड कमर्सियल डायमन्डकाे यो १५ प्रतिशत चार्ज कलेक्सन इफिसियन्सीको तुलनामा पछिल्लो परिणाम धेरै ठूलो सुधार हो ।

एनडीबीको यो अन्वेषणले नयाँ प्रोपाइटरी नानो डायमण्ड ट्रिटमेन्टको सृजना गर्नेछ । यसले हिराबाट एकदमै राम्रो विद्युतीय चार्ज निकालेर ब्याट्री बनाउन मद्दत गर्नेछ ।

यो विकासको मूलभूत उद्देश्य भनेको २८ हजार वर्षको अधिकतम आयुसम्म भएको ब्याट्रीको भर्सनलाई व्यवसायीकरण गरेर लैजानु हो । यो कृत्रिम हिराले बेरेको कार्बन १४ न्युक्लियर वेस्टबाट तयार गरिन्छ ।

यो ब्याट्रीले काम गरिरहँदा कार्बन उत्सर्जन गर्दैन । यसले काम गर्न खुल्ला हावा चाहिन्छ । यसमा भएको चार्जलाई प्रयोग गर्न सकिने हुँदा यो प्राविधिक रुपमा पनि ब्याट्री नै हो ।

यसमा भएको एकपटकको चार्ज त्यो उपकरण, प्रयोग गर्ने व्यक्तिको आयूभन्दा लामो हुन्छ । यसकारण यो एक किसिमको चार्ज फ्री सोल्युसन पनि हो ।

एनडीबीले यो ब्याट्रीलाई प्रयोगयोग्य शक्तिकाे स्रोत बनाउने अपेक्षा गरेको छ । ताकि सामान्य मानिसहरुले समेत यसको प्रयोग गर्न सकुन् ।

यसलाई एयरक्राफ्ट, इभीएस, ट्रेन र साना साना उपकरणहरु स्मार्टफोन, लगाउन मिल्ने साना औद्याेगिक सेन्सरहरुमा पनि प्रयोग गर्नलाई यसमा काम गर्ने एनडीबीको उद्देश्य छ ।

कम्पनी अहिले यसबाट पहिलो कमर्सियल ब्याट्रीको प्रोटोटाइप निर्माणका लागि काम गरिरहेको छ । यसलाई अर्को वर्षसम्ममा सार्वजनिक गर्ने कम्पनीको तयारी छ ।

-एजेन्सीकाे सहयाेगमा

No comments

स्वत: चार्ज हुने हजारौं वर्ष आयु भएको ब्याट्रीको प्रोटोटाइप निर्माण

  तपाईंले प्रयोग गर्ने स्मार्टफोन वा ल्यापटपमा चार्ज गर्नै नपरे कस्तो होला ? एकपटक खरिद गरेपछि आनन्दले चलाउन पाए हुन्थ्यो भन्ने जोकसैलाई लाग...

Powered by Blogger.