नेपाली युनिकोडको बारेमा केही कुरा
कम्प्युटर लगायत सूचना प्रविधिमा नेपाली
भाषाको प्रयोग गर्नका लागि तयार गरिएको देवनागरी लिपि र अन्य
सफ्टवेयरहरूलाई समष्टिमा नेपाली युनिकोड भनिन्छ । यसमा भएको विकासले नै विकिपीडिया (www.ne.wikipedia.org) लगायत अन्य लाखौं वेबसाइटहरूमा नेपालीको प्रयोगमा सरलता एवम् एकरुपता आएको छ ।
नेपाली युनिकोड, पुरानो ब-क-मा-न कुञ्जिपठ
जान्नेले परम्परागत कुञ्जिपठ (Nepali Unicode Traditional), त्यसैगरी
अङ्ग्रेजी मात्र टाइप गर्न जान्ने तर कहिल्यै नेपाली टाइप नगरेकाहरूका लागि
नेपाली रोमानीकृत कुञ्जिपठ (Nepali Unicode Romanized ) गरी दुई प्रकारका
छन् । Traditional को keyboard layout पुरानो नेपाली फन्ट जस्तै
प्रिति, आमा टेक्सटुअल, केबिना नर्मल आदिसँग मिल्छ । तर Nepali Unicode
Romanized भने English keyboard layout सँग मेल खान्छ । नेपाली युनिकोडको
प्रयोगले नेपाली भाषा शुद्धसँग लेख्न सकिन्छ । यसमा नेपालीमा प्रयोग हुने
स्वर वा व्यन्जन वर्णका जुनसुकै अक्षर अलग्ग एउटै कुञ्जि (key) मा हुन्छ ।
'ङ' निकाल्न अल्ट र ०१७० टाईप गरिरहनु पर्दैन र फ झ क्ष ष ण जस्ता अक्षर
निकाल्न दुई तीन टुक्रा जोड्नु पनि पर्दैन । त्यसैगरी अ आ इ ई लगायतका
बाह्रखरी र मात्राहरू पनि अलग अलग एउटै कुञ्जिमा हुन्छ। औकार दिन ा + ै
गर्नुपर्दैन एकैचोटी ौ गरे पुग्छ । अप्ठ्यारा अक्षरहरू बनाउन पनि
छुट्टाछुट्टै कुञ्जि सम्झनु पर्दैन ङ + ् + ग गरे आफैं 'ङ्ग' बन्छ ।
एकठाउँमा बनाएको नेपाली डकुमेन्ट अर्को
कम्प्युटरमा लैजाँदा कहिले फन्ट नमिल्ने र कहिले एउटा फन्टमा गरेको कुरा
त्यो फन्ट नभएको कम्प्युटरमा खोल्न नसकिने, खुलिहालेमा पनि विग्रने
जस्ता विभिन्न समस्याको समाधान नेपाली युनिकोड हो । युनिकोडले नेपाली
(देवनागरी) लिपीका प्रत्येक अक्षरलाई अलग्गै कोड दिएको छ । त्यसैले यसको
प्रयोगपछि नेपाली र अंग्रेजीमा टाइप गरिएका कुरा फन्ट मिसिएर नबुझ्ने
समस्या पूर्णरूपले समाधान भएको छ ।
परम्परागत रूपमा भन्दा युनिकोडमा टाइप गर्न अझ सजिलो हुन्छ ।
अङ्ग्रेजी र नेपाली कुञ्जिपठहरू बिच परिवर्तन गर्न विण्डोज कम्प्युटरमा
Alt+Shift थिचेर गर्न सकिन्छ। यस्तै फेरी Alt+Shift थिच्तै पहिलेकै
कुञ्जिपठ छान्न पनि सकिन्छ। त्यसतै अन्य सञ्चालन प्रणालीका आ-आफ्नै छोटकरी
उपायहरू छन् । छानिएको कुञ्जिपठको बारेमा टास्क बारमा NP, NEP, Nepali, SA
(नेपाली जनाउन), En, Eng, English (अङ्ग्रेजी जनाउन) आदि सङ्केतहरूले जनाउ
दिन्छ ।
फाइदाहरूः
यदी तपाईं नेपाली युनिकोड प्रयोगकर्ता हुनुहुन्छ भने यस थलोबाट नेपाली युनिकोड निःशुल्क डाउनलोड गरी प्रयोग गर्न सक्नुहुनेछ । यी युनिकोडहरू विभिन्न श्रोतहरूबाट सङ्कलन गरी यहाँ राखिएका हुन्। खास गरी मदन पुरस्कार पुस्तकालय (http://madanpuraskar.org/index_mpp.php) लाई नेपाली युनिकोडको क्षेत्रमा गरेको कार्यप्रति धन्यवाद नदिई रहन सकिंदैन । |
No comments