२४ दिन ब्याट्री टिक्ने हुवावेको नयाँ स्मार्टफोन
हुवावे कम्पनीले आफ्नो नयाँ ४ जी स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले
यस फोनको नाम इन्जोय ५ राखेको छ र यसको मूल्य करिब १६ हजार ५ सय रुपैयाँ
रहेको छ।
यस फोनमा ४००० एमएएच पावरको ब्याट्री दिइएको छ जसले २४ दिनको ब्याट्री ब्याकअप दिने कम्पनीले जनाएको छ।
हुवावे इन्जोय ५ का विशेषता यसप्रकार रहेका छन्ः
स्क्रिनः ५ इन्च (७२०×१२८० पीक्सेल रीजोलुशन) आईपीएस डिस्प्ले
हार्डवेयरः १.३ जीएचजेड क्वाडकोर, मिडियाटेक एमटी ६७३५ प्रोसेसर
र्यामः २ जीबी, १६ जीबी इन्टरनल मेमोरी, १२८ जीबी सम्म बढाउन मिल्ने
क्यामराः अगाडि ५ मेगापीक्सेल पछाडि १३ मेगापीक्सेल (एलइडी फ्ल्यास)
अपरेटिङ सिस्टमः एन्ड्रोइड ५.१ ललीपप
ब्याट्रीः ४००० एमएएच पावर
डाइेमन्सनः १४३.१×७१.८×९.७ मिमि
अन्य सुविधाः ४ जी एलटीइ, वाईफाई, ब्लुटुथ, युएसबी ओटीजी, माइक्रो युएसबी पोर्ट आदी।
No comments