ल्यापटपको साटो डेस्कटप कम्प्यूटर किन्नुका १० फाइदा
लोडसेडिङमा पनि काम गर्न सकिने र जहाँ जाँदा पनि लिएर हिड्न सजिलो हुनाले अहिले ल्यापटप किन्नेहरुको संख्या बढ्दो रहेको छ।
ल्यापटपमा धेरै सुविधाहरु भएपनि कतिपय कुराहरुमा ल्यापटप भन्दा डेस्कटप कम्प्यूटर किन्नु सहज र फाइदाजनक हुनसक्छ।
१. ल्यापटपको तुलनामा डेस्कटपको मूल्य कम हुन्छ।
२. ल्यापटप जस्तै डेस्कटप पनि आकर्षक, पातलो र विभिन्न डिजाइनहरुमा उपलब्ध छन्।
३. ल्यापटपको तुलनामा डेस्कटपको स्क्रिन ठूलो हुन्छ।
४. डेस्कटपको र्याम ल्यापटपको र्याम भन्दा सस्तो हुन्छ र डेस्कटपमा र्याम परिवर्तन गर्न पनि सजिलो हुन्छ।
५. ल्यापटपमा हार्ड डिस्क बढाउन मिल्दैन त्यसैले अतिरिक्त हार्ड डिस्क
राख्नु पर्ने हुन्छ तर डेस्कटपमा भने हार्ड डिस्क बढाउन मिल्छ र अतिरिक्त
हार्ड डिस्क पनि राख्न मिल्छ।
६. ल्यापटपको की–बोर्ड र माउस बिग्रियो भने बनाउन समय र बनाएको खर्च पनि
धेरै लाग्छ तर डेस्कटपको की–बोर्ड र माउस बिग्रियो भने आफ्नो बजेटको
हिसाबले सुपथ मूल्यमा खरिद गर्न सकिन्छ।
७. पुराना ल्यापटप र डेस्कटपमा ग्राफिक्स कार्ड हुँदैन। डेस्कटपमा ग्राफिक्स कार्ड राख्न मिल्छ तर ल्यापटपमा मिल्दैन।
८. ल्याटप बिग्रिएमा त्यसको मर्मत समय र खर्च धेरै लाग्ने हुन्छ तर
डेस्कटपलाई कुनै पनि रिपेयरिङ पसलमा कम मूल्य र कम समयमा बनाउन सकिनछ।
९.डेस्कटपको पाटपुर्जा सजिलै घरमा पनि मिलाउन सकिन्छ तर ल्यापटपमा यसो
गर्न मिल्दैन। डेस्कटप एक ठाउँमा स्थिर रहने भएकाले डेस्कटप धेरै समयसम्म
टिक्ने हुन्छ।
१०. डेस्कटपलाई ल्यापटप भन्दा अपडेट गर्न सजिलो हुन्छ। डेस्कटपको र्याम,
ग्राफिक्स कार्ड, हार्ड डिस्क, टिभी ट्युनर र प्रोसेसर बदल्न सकिन्छ तर
ल्यापटपमा भने र्याम मात्र बढाउन सकिन्छ।
No comments