Header Ads

Header ADS

अस्लील ट्यागले facebook मा हैरान बनायो ? त्यसोभए यसो गर्नुस् ।

अस्लील कुरा फेसबुकमा ट्याग भएर हैरान हुनुहुन्छ ? ती स्पामहरू हुन् । त्यसबाट छुटकारा पाउने उपाय छ । कसैले ट्याग गरेका सामाग्री तपाईले नहेरी र स्वीकार नगरी सिधै आफ्नो वालमा आउन नसक्ने बनाएमा त्यसबाट छुटकारा पाउन सक्नु हुन्छ । 
तल लेखिएको ५ स्टेपको तरिका अनुसार आफ्नो प्रोफाईल सेटिङ गरिहाल्नोस् र झण्झट मुक्त हुनुहोस् । 
१. कम्प्युटरमा तपाईको फेसबुक पेज खोलेर ताला (लक) को चिन्ह भएको ठाउँमा क्लिक गर्नुहोस् । 
२. त्यसको पुछारमा See more settings लेखेको छ, त्यहाँ क्लिक गर्नुहोस् । 
३. त्यस पछि आउने स्क्रीनको बाया पट्टी Timeline and Tagging लेखेको ठाउँमा क्लिक गर्नुहोस् । 
४. क्लिक गरिसकेपछि Timeline and Tagging लेखेको टेवल आउछ, त्यसको बायाँपट्टी तल ‘How can I manage tags people add and tagging suggestions?’ लेखेको छ । त्यसको पहिलो लहरमा ‘Review tags people add to your own posts before the tags appear on Facebook?’ लेखेको सँगै दायाँपट्टी off भएको पाउनु हुनेछ । त्यसलाई अन गर्न त्यसैको दायाँ पट्टी Edit मा क्लिक गर्नुहोस् । 
५. Edit मा क्लिक गरेपछि एउटा फोटो आउछ, त्यसको माथिपट्टी Disabled लेखेको पाउनु हुनेछ, त्यसमा क्लिक गरेर Enabled बनाउनु होस् र माथिपट्टी दायाँ कुनामा Close क्लिक गर्नुहोस् । यती गरिसकेपछि तपाईलाई जसले जे ट्याग गरेपनि सिधै तपाईको वालमा आउदैन, तपाईले View Activity Log मा गएर स्वीकृत गरेपछि मात्र त्यो तपाईको वालमा आउछ । माथिका बिधी प्रयोग गरी स्पामको झण्झटवाट मुक्त हुनुहोस् ।

No comments

स्वत: चार्ज हुने हजारौं वर्ष आयु भएको ब्याट्रीको प्रोटोटाइप निर्माण

  तपाईंले प्रयोग गर्ने स्मार्टफोन वा ल्यापटपमा चार्ज गर्नै नपरे कस्तो होला ? एकपटक खरिद गरेपछि आनन्दले चलाउन पाए हुन्थ्यो भन्ने जोकसैलाई लाग...

Powered by Blogger.