Header Ads

Header ADS

‘ग्रेटवाल अफ चाइना’बारे नयाँ रहस्य खुल्यो

अन्तरिक्षबाट देखिने पृथ्वीको मानवनिर्मित संरचना चीनको ‘ग्रेटवाल’का बारेमा अन्वेषकहरुले नयाँ तथ्य फेला पारेका छन् ।

ग्रेटवालको लम्बाई पाँच हजार किलोमिटर भनी यसअघि नै अनुमान गरिएको थियो । तर, वैज्ञानिक ढंगले नापजाँच गरिएको थिएन । चीन सरकारले सन् २००५ देखि ग्रेटवालसम्बन्धी अध्ययन गर्न नयाँ दल गठन गरी अनुसन्धान गर्न पठाएको थियो । ग्रेटवालको वास्तविक लम्बाई ८ हजार ८ सय ८१ किलोमिटर लामो रहेको प्रमाणित भएको ‘चाइना डेली’ समाचारपत्रले जनाएको छ ।

विश्व सम्पदा सूचीमा परेको ग्रेटवाल बढ्दो भौतिक संरचनाहरुको विकास तथा मौसमका कारण भविश्यमा लोप हुनसक्ने अवस्थामा रहेको छ । ग्रेटवालको पहिलो खन्ड २ हजार वर्षभन्दा अघि निर्माण भएको थियो । ‘विदेशी शत्रुहरु आफ्नो मुलुकमा प्रवेश गर्न नसकुन्’ भनी तात्कालीन शासकले मानिस हतपत उक्लिन नसक्ने खालको पर्खाल ठड्याउन लगाएका थिए भन्ने तर्क छ ।

पर्खालमा शत्रुलाई नियाल्नका लागि सरक्षाकर्मीले पहरा दिने ठाउँ पनि पहिलो खन्ड निर्माणकै क्रममा बनाइएको थियो । सन् १३६८ देखि सन् १६४४ सम्म मिङ वंशको शासनकालमा ग्रेटवालको दोश्रो खन्ड निर्माण गरिएको बताइन्छ । त्यसबेला उत्तरी मंगोलिया क्षेत्रका आदिबासीको सम्भावित आक्रमणलाई रोक्न गे्रटवालको विकास र विस्तार गरिएको चाइना डेलीको वेबसाइटमा उल्लेख छ ।


ग्रेटवालको संरचनामा ६ हजार २ सय ५९ किलोमिटर वास्तविक पर्खाल, ३ सय ५९ किलोमिटर ट्रेन्च र २ हजार २ सय ३२ किलोमिटर पहाड र नदीजस्ता प्रतिरक्षात्मक प्राकृतिक अवरोधहरुका समेटिएका छन् । गे्रेटवालको दुई वर्षे नक्सांकन परियोजना चीनको ‘स्टेट हेरिटेच’ले गरेको थियो । उक्त नक्सांकनमा अन्तरिक्षबाट भू–उपग्रहद्धारा ‘इन्फ्रारेड’ प्रविधि तथा स्थल नक्सांकनमा ‘ग्लोबल पोजिसनिङ’ प्रणालीको प्रयोग गरिएको थियो ।

पहिलेको अनुमानमा प्रत्येक खन्डको भौतिक नापमा नभइ त्यहाँ पाइएका ऐतिहासिक अभिलेखको आधारमा गरिएको उल्लेख छ । अहिले सम्पन्न मापन विधिमा पर्वत र मरुभूमिमा गरिएको खोजीले अज्ञात स्थलहरु पत्ता लागेका हुन् भनी कल्चरल हेरिटेजका निर्देशक सान जिसिआङको हवाला दिँदै चाइना डेलीको वेबसाइटमा भनिएको छ ।

यो सर्वेक्षणले प्राचीन रहस्यको लम्बाइबारे स्पस्ट हुन सहयोग मात्र नगरे थुपै्र समस्याहरुमाथि प्रकाश पार्नुका साथै संरक्षणको प्रयास गरेको उल्लेख छ । चीनले सन् २०१५ भित्रमा ग्रेटवाल संरक्षण अभियान सम्पन्न गर्नेछ ।

यस योजनाअन्तर्गत् हालसम्म पर्खालको संरक्षण गर्नुपर्ने खन्डको नक्सांकन कार्य सम्पन्न भएको छ । २३ सय वर्ष अगाडिका चिनियाँ युद्धविज्ञ सुन सु नीति युद्ध कलालाई दर्शन मानेर शताब्दीऔंअघिका चिनियाँ शासकले निर्माण गर्न लगाएको ग्रेटवालको महत्व आधुनिक समयमा झन् बढेर गएको विश्लेषण चाइना डेलीले गरेको छ ।

No comments

स्वत: चार्ज हुने हजारौं वर्ष आयु भएको ब्याट्रीको प्रोटोटाइप निर्माण

  तपाईंले प्रयोग गर्ने स्मार्टफोन वा ल्यापटपमा चार्ज गर्नै नपरे कस्तो होला ? एकपटक खरिद गरेपछि आनन्दले चलाउन पाए हुन्थ्यो भन्ने जोकसैलाई लाग...

Powered by Blogger.