![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhmsyFJRJmiZEzrrUiTiPY-Zg0_v3RbHqaoR3uwJBqsJDe4Tof1d5hSV7e9vbkQY35eIaTTipG7V3M71nP9LudFzBnWn0mdfJRb6EdamtqPs6kvpI-YkyBU6hyphenhyphenU_WJPiYxS-656ZownSvM/s16000/facebook+hacking.jpg)
ठिक यस्तै इन्टरनेट प्रयोग गर्दैगर्दा सुरक्षामा ध्यान दिइएन भने जो कोहीले पनि गोपनियता थाहा पाउन सक्छन् र निजी विषय सार्बजनिक हुने खतरा बढेर जान्छ ।
नेपालमा फेसुबकको
दुरुपयोगको विषयलाई लिएर दैनिकजसो समाचार आइरहेका छन् । प्रयोगकर्ताले पनि आधारभुत
सुरक्षामा ध्यान नदिदा त्यस्तो बदमासी भइरहेको छ । फेसुबक र गुगलको प्रयोग गर्दैगर्दा
पासवर्ड ह्याक नहोस् भनेर आफ्ना युजरलाई दोहोरो सुरक्षा विधी अर्थात 'टु
स्टेप भेरिफिकेशन'को
सुविधा उपलब्ध गराउदै आएको छ । कमै मात्र प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्ने गरेको
पाइएको छ । कारण :
- थाहा नै नभएर ।
- थाहा पाएपनि झन्झटिलो लागेर ।
इन्टरनेट विशेषतः फेसबुकमा हुने गरेका
गतिविधीलाई गोप्य नै राख्न दोहोरो सुरक्षा विधी प्रयोग गर्न जरुरी छ । प्रक्रियामा
केही झन्झटिलो भएपनि यो फिचरको काम भनेको पासवर्ड सुरक्षित राख्नु हो । सो सुविधाको
छनोटले फेसबुक एकाउण्ट ह्याक हुने सम्भावना न्युन भएर जान्छ । यदी कसैले पासवर्ड
थाहा पाएर बदमासी गर्दैछ भने पनि कहाँ कुन ठाउँबाट कसले बदमासी गर्दैछ सजिलै थाहा पाउन
सकिन्छ र थप नोक्सानी हुन नदिन तत्कालै सचेत बनाउने काम गर्दछ ।
फेसबुक
एकाउण्टलाई मोबाइलसगँ जोड्नुस् :
फेसबुकलाई मोबाइलमा जोड्नु भयो भने मेरो
फेसबुकको पासवर्ड यो हो चाहिन्छ ! भन्दै हिडेपनि केही फरक पदैन अर्थात उनिहरुले फेसबुक
लगइन सक्दैनन् । भन्न खोजिएको यो हो की फेसबुकको पासवर्ड दिएपनि अरु कसैले लगइन गर्न
सक्दैनन्। फेसबुक लगइन गर्न पासवर्ड राखिसकेपछि मोबाइलमा प्राप्त हुने ६ अकंको 'लगइन एप्रोभल्स कोड' अनिबार्य हुन्छ । लगइन एप्रोभल कोर्डको
प्रयोगपछि मात्रै फेसबुक खोल्न सकिन्छ ।
यो सुविधा फेसबुकमा
कहाँ हुन्छ ? हेर्नुस् :
यती गरिसकेपछि लगइन अर्टलको सुविधा पनि राख्न नविर्सनुस् । लगइन एप्रोभलसँगै
लगइन अर्लटमा क्लिक गर्नुस् र सो फिचरले अन्य कुनै ठाउँबाट अरु कसैले फेसबुक लगइन गर्दैछ
भने त्यसको जानकारी तुरुन्तै फेसबुकको नोटिफिकेशनमा, मोबाइल म्यासेजमा र इमेलमा अलर्ट
म्यासेजको रुपमा पाउन सकिन्छ ।
मोबाइलमा प्राप्त
हुने कोडबिना फेसबुक लगइन गर्न त सकिदैन नै फेसबुक खोल्न कसैले प्रयास गरिरहेको रहेछ
भन्ने जानकारी थाहा पाउन सकिन्छ र तुरन्तै नयाँ पासवर्ड परिवर्तन गरेर हुनसक्ने क्षतीलाई
न्यूनिकरण गर्न मद्धत गर्दछ । फोटोमा हेर्नुस :
फेसबुकमा
याहू हैन जिमेलको आइडी प्रयोग गर्नुस् :
यदि फेसुबक एकाउण्ट बनाउदै गर्दा याहू
आइडी राखेर फेसबुक चलाउदै हुनुहन्छ भने याहू हैन जिमेल आइडी राखेर फेसबुक
चलाउन थाल्नुस् । कारणहरु :
- याहूको तुलनामा गुगलले एकाउण्ट सुरक्षामा बढी ध्यान दिएको छ ।
- गुगलले पासवर्ड ह्याक हुन नदिन 'टु स्टेप भेरिफिकेशन'को सुविधा दिदै आएको छ ।
- गुगलमा राखिने 'टु स्टेप भेरिभिकेसन'ले अझ फेसबुक एकाउण्टको सुरक्षालाई बढावा दिन्छ ।
- गुगलमा सेट गरिएको 'टु स्टेप भेरिफिकेशन'ले नियन्त्रण बाहिर गएको फेसबुकलाई पनि फर्काउन मद्धत गर्दछ ।
फेसबुकमा
याहूको इमेल हटाएर जिमेल आइडी कसरी राख्ने ? यहाँ हेर्नुस् :
आफ्नो
फेसबुक एकाउण्ट सुरक्षित राख्न यस्ता विषय पनि थाहा पाइराख्नुस् :
- फेसबुकमा प्रयोग हुने जन्ममितिमा सहिसाचो जन्ममिति मात्रै राख्नुस् ।
- सुरक्षाको लागि भन्दै फेसबुकले र गुगलले सोध्ने प्रश्नको उत्तर कपोकल्पित नदिनुस्, साचोँ जानकारीले फेसबुक तथा गुगलमा समस्या आइपर्दा समस्या समाधान गर्न सजिलो हुन्छ । प्राय: यस्ता प्रश्न सोधिरहेको हुन्छ, 'तपाइको प्राथमिक विद्यालयको मनपर्ने शिक्षकको अन्तिम नाम (थर) भन्नुस् ।'
- इमेलसँगै मोबाइल पनि फेसबुक, गुगल लगइनको लागि अन्तिम विकल्प हुनेहुँदा विश्वासिलो पात्र बाहेक अरु कसैलाई पनि मोबाइल प्रयोग गर्न नदिनुस् ।
- नयाँ डिभाइसमा बसेर फेसबुक लगायत साइट लगइन गर्नुपर्ने भयो भने प्रयोगपश्चात इन्टरनेट ब्राउजरको कुकिज क्लियर गर्न नबिर्सनुस् । ब्राउज क्लियर गर्दा तपाइको डाटा चोरी हुने सम्भावना कम हुन जान्छ ।
- यदी मोबाइल हरायो भने तुरुन्तै नम्बर डिएक्टिभ गरिहाल्नुस् ।
- एक देशबाट अर्को ठाउमा वा फोन नलाग्ने ठाउमा जानुपर्ने छ भने १० पटकसम्मलाई लगइन एप्रोभल्स कोर्ड पिन्ट गरेर वा टिपेर पनि फेसबुक र गुगलको प्रयोग गर्न सकिन्छ ।
No comments