विन्डोजको इतिहास : विन्डोज एमएस–डसदेखि विन्डोज १० सम्म
पछिल्ला ३० वर्षमा पिसीदेखि मोबाइलसम्म
आइपुग्दा माइक्रोसफ्टको अपरेटिङ सिस्टम विन्डोजमा धेरै परिवर्तन भएको छ ।
हालै माइक्रोसफ्टले विन्डोज १० सार्वजनिक गर्यो । उसले यो वर्षभित्र
विश्वका सबै ठाउँमा विन्डोज १० पुर्याउने योजना ल्याएको छ । विन्डोज १० ले
विन्डोज ८ मा रहेका फिचरहरुमा व्यापक परिवर्तन गर्दैछ । विन्डोज १० बजारमा
आएसँगै पिसी, ट्याबलेट र फोनहरुबीचको प्रयोगको भिन्नता पनि हट्ने अड्कल
गरिएको छ । यहाँ माइक्रोसफ्ट विन्डोज १ देखि १० सम्म कसरी आइपुग्यो त ? सन्
१९८५ देखि हालसम्मको विन्डोजको इतिहासलाई हामीले यसरी प्रस्तुत गरेको छौं :
विन्डोज १.०: १९८५विन्डोजको
यो पहिलो भर्सन खासगरी एमएस–डस (MS-DOS) को एउटा सामान्य प्रारुप थियो ।
अक्षर तथा चिन्हहरुमा आधारित (character based) यो अपरेटिङ सिस्टम त्यसपछि
धेरै पिसीहरुमा प्रयोग भयो । तर, यसको व्यापक प्रयोग भने हुन सकेन ।
विन्डोज २.०: १९८७माइक्रोसफ्ट
वर्ड र एक्सेल प्रयोग गर्ने यो विन्डोजको पहिलो अपरेटिङ सिस्टम हो ।
योसँगै एप्पलले माइक्रोसफ्टलाई Macintosh र Lisa का केही एलिमेन्टहरु
चोरेको आरोपमा “look and feel” मुद्दा चलाएको थियो तर यो मुद्दा एप्पलले
हार्याे ।
विन्डोज ३.०: १९९०विन्डोज
३.० ले एमएस–डसमा रहेका कमजोरीहरुलाई प्रोग्राम म्यानेजर (Program
Manager) जस्तो ग्राफिकल आइकनले हटाउने धेरै प्रयत्न गर्याे । नभन्दै यो नै
विन्डोजको पहिलो लोकप्रिय भर्सन पनि बन्न पुग्यो ।
विन्डोज ३.१: १९९११९९०
को दशकको सुरुवाति वर्षमा आएका आइबिएम कम्प्याटिबल पिसीहरुमध्यमा यो
विन्डोजको सबैभन्दा स्ट्यान्डर्ड भर्सन हो । साथै एमएस–डस जस्तो देखिने
भर्सनहरुमा पनि यो अन्तिम भर्सस हुन पुग्यो ।
विन्डोज ९५: १९९५विन्डोज
९५ ले अपरेटिङ सिस्टम ठूलो फड्को मार्दै कम्प्युटरको दुनियाँलाई नयाँ उचाई
पुर्याइदियो । डेक्स्टपको रुपमा आउनुको साथै सबै कुराहरुलाई आइकनमा राख्ने
कार्य भयो । इन्टरनेट एक्सप्लोरर्, रिसाइकल बिन तथा स्टार्ट बटन सबै यसमै
राखिए । विन्डोज ९५ लन्च भएसँगै यो विश्वभर अत्यन्तै ठूलो चासोको विषय
बन्यो । यसको लन्च इभेन्टमा विलगेटलाई अमेरीकाका चर्चित कमेडियन जेइ लिनोले
साथ दिएका थिए । किन्ने मान्छेको भिड ब्यापक बन्न पुगेको थियो । २०१२ मा
विन्डोज ८ नआउँदासम्म विन्डोज ९५ कै डिजाइको प्रयोग भएको पाइन्छ ।
विन्डोज ९८: १९९८विन्डोज
९८ विन्डोज ९५ जस्तै देखिनुका साथै काम पनि विन्डोज ९५ को जस्तै गर्दथ्यो ।
यद्यपि विन्डोज ९८ स्थिर थियो भने यसमा केही थप फिचरहरु रहेका थिए ।
विन्डोज एम्इ (मिलेनियम एडिसन): २०००![WindowsME](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_vLIOxCSh3pZC_4pr8IvOXb8PYd8w2pJE5A_5YQgawicaipWumVwgNW0mB13xcU2FJkpMv0YYBHW_r5lo5SMn5VjFI2KY6xdN8FDiLq-bl41Vr0ML0_DU11gh9HnUA11QZsADIx=s0-d)
विन्डोज
एम्इ आधारभूतरुपमा केही नया कन्सुमर फिचरका साथ आएको विन्डोज ९८ नै थियो ।
यो खासै धेरै विक्री भएन । छिट्टै एक्स्पी आउँदैछ भन्ने थाहा भएपछि धेरै
मानिसले एक्स्पीलाई पर्खिए ।
पकेट पिसीका लाथि विन्डोज: २०००
यो समयमा माइक्रोसफ्टले मोबाइल डिभाइसहरुका लागि विन्डोजको पहिलो भर्सन ल्याउने कार्यको थालनी गर्यो । यो विन्डोज सिइ (Windows CE) भनिने नितान्त भिन्न प्रविधिमा आधारित थियो । माइक्रोसफ्टले यस भर्सनमा विन्डोज लोगो र स्टार्ट बटन जस्ता विन्डोजका धरै विशेषताहरु राख्ने प्रयास गर्यो ।
यो समयमा माइक्रोसफ्टले मोबाइल डिभाइसहरुका लागि विन्डोजको पहिलो भर्सन ल्याउने कार्यको थालनी गर्यो । यो विन्डोज सिइ (Windows CE) भनिने नितान्त भिन्न प्रविधिमा आधारित थियो । माइक्रोसफ्टले यस भर्सनमा विन्डोज लोगो र स्टार्ट बटन जस्ता विन्डोजका धरै विशेषताहरु राख्ने प्रयास गर्यो ।
विन्डोज एक्स्पी: २००१२००१
मा विन्डोज एक्स्पी आयो । विन्डोज ९५ पछिको यो नै विन्डोजको पहिलो
सबैभन्दा ठूलो अप्डेट बन्न पुग्यो । साथै विन्डोज एक्स्पी एमएस–डसलाई पूर्ण
रुपमा विस्थापन गर्नै विन्डोजको पहिलो कन्सुमर भर्सन बन्यो । यसले विन्डोज
एन्टी (Windows NT) को जस्तै आधारभूत प्रविधिको प्रयाग गर्याे । विन्डोज
एन्टी विन्डोजको शक्तिशाली भर्सन हो जसको प्रयोग सर्भर तथा वर्कस्टेशन
पिसीहरुमा गरिन्छ ।
विन्डोज मोबाइल ५: २००५यस
समय माइक्रोसफ्टले ब्लाकबेरी र नोकिया फोनहरुसँग प्रतिष्पर्धा गर्न
विन्डोज फोनका लागि नयाँ भर्सनहरु निकाल्ले प्रयासमा थियो । माइक्रोसफ्टलाई
आइफोन निस्किएर सबै कुरा परिवर्तन गर्दैछ भन्ने पत्तै थिएन ।
विन्डोज भिस्टा: २००६विन्डोज
भिस्टा बनाउन माइक्रोसफ्टलाई ५ वर्ष लाग्यो । भिस्टाको निर्माणको क्रममा
धेरै गल्तिहरु भए र पून:निर्माणहरु गर्न लामो समय पनि लाग्यो । यो त्यत्रो
ठूलो उपलब्धी बन्न सकेन । माइक्रोसफ्टका पूर्व सिइओ स्टिभ बल्मरले कम्पनीले
फोनमा नयाँ अवसर खोज्नुको साटो भिस्टामा यत्रो समय र परिश्रम खर्च गरेकोमा
पछुताएको बताए ।
विन्डोज मोबाइल ६: २००७विन्डोज
मोबाइल ६ माइक्रोसफ्टको ५ वर्ष पुरानो मोबाइल प्लाटफर्मको निरन्तरता थियो ।
यो २००७ को फेब्रुअरी महिनामा निस्किएको थियो जुनबेला, एप्पलले भर्खरै
मात्र आइफोन निकालेको थियो । विन्डोज मोबाइल ६ मा स्टाइलिस किबोर्ड (फिङ्गर
टच) को प्रयोग गरिएको थियो । आइफोनको अगाडि भने यो विन्डोज मोबाइल साधारण
मात्र थियो ।
विन्डोज ७: २००९भाग्यवश
विन्डोज ७ ले माईक्रोसफ्टलाई भिस्टाबाट भएको असफलताबाट माथि उठ्न मद्दत
गर्यो । आधारभूतरुपमा विन्डोज ६ भिस्टाको एक परिष्कृत रुप भएपनि
भिस्टाभन्दा धेरै सन्तुलित थियो । विन्डोज ७ व्यापारमा अझ पनि प्रसिद्ध
रहेको छ । विन्डोज ७ विन्डोज १० मा अप्ग्रेड हुने सबैभन्दा पछिल्लो भर्सन
हुनेछ ।
विन्डोज फोन: २०१०माइक्रोसफ्टले
आइफोनलाई प्रतिष्प्रधात्मक जवाफ दिन विन्डोज फोन ल्यायो । २०१० मा
माइक्रोसफ्टले विन्डोज फोनको पहिलो भर्सन निकाल्यो । विन्डोज मोबाइलबाट
ठूलो छलाङ् मारेको विन्डोज फोन पूर्णतया: फ्रिङ्गर–फ्रेन्ड्ली डिजाइन र
थुप्रै नया फिचरका साथ आयो । आइफोन र एन्ड्रोइडले द्रुत गतिमा बजार लिरहेको
अवस्थामा विन्डोज फोन भने त्यो रुपमा अघि बढ्न सकेन ।
विन्डोज ८: २०१२/ विन्डोज ८ विन्डोज ट्याब्लेट
३०
वर्षदेखि डेक्स्टपमा पाएको सफलतालाई समयअनुकुल बनाउनको साटो माइक्रोसफ्टले
विन्डोज फोन अपरेटिङ सिस्टमका निर्माणमा असफल भएपछि फोनमा विन्डोजको मूख्य
भर्सनमै राख्यो । यसको मुख्य उद्देश्य भनेको आफ्ना टच स्क्रिन
ट्याब्लेटहरुलाई आइप्याड र अन्य सामान्य पिसीहरुसाग प्रतिस्प्रर्धा गराउनु
थियो । ट्याब्लेटको इन्टरफेसमा स्टार्ट बटन थिएन, आइकन नराखेर ठूला रंगिन
कोठाहरु थिए ।
विन्डोज ८ डेक्स्टपमाइक्रोसफ्टले
पिसी तथा ट्याब्लेट दुवैमा राम्रो काम गर्ने अपरेटिङ सिस्टमको विकास गर्न
नसक्दा दुवैतर्फ राम्रो सफलता पाउन सकेन । विन्डोज ८ रिलिज भएको दुई
वर्षभित्रमा पिसीको विक्री १२ प्रतिशतभन्दा धेरैले घट्न पुग्यो । यो
समयसम्म आइपुग्दा मानिसमा धेरै विकल्पहरु बजारमा आइसकेका थिए । विन्डोज ८
लाई विन्डोज १० मा अप्ग्रेड गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।
विन्डोज फोन ८: २०१२माइक्रोसफ्टले
विन्डोज ८ रिलिज गरेकै समयमा मोबाइलको प्लाटफर्मलाई पनि अप्डेट गर्यो ।
यसको विकासमा धेरै नयाँ कार्यहरु थपिए । विन्डोज फोनमा पनि माइक्रोसफ्टका
पिसी र सर्भरमा अपरेटिङ सिस्टममा प्रयोग हुने विन्डोज एन्टी प्रविधिको
प्रयोग गरियो । तर एन्ड्रोइड र आइओएसको तुलनामा अझै पनि विन्डोज ८ एक कदम
पछाडि नै परेको छ ।
विन्डोज र विन्डोज फोन ८.१: २०१४![Windows-Phone-8.1](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_tHPrawFitUx7GBQjogbFW7UZCIIsQHsGYhUijkeFXhAulhZ_2dMSyDHdy4eP8Kiy7A-lM2LY-ddHgx367xej_2YLW70aydskdk2AmITdvJ68pK307y-K_Fh3Bqcc3Lzca9U7ONmj9cB4c4k43wX1qPDtse_A=s0-d)
गत
वर्ष माइक्रोसफ्टले पिसी, ट्याब्लेट र मोबाइलाई अप्डेट गरेर यिनलाई अझ
नजिक ल्याउने काम गर्यो । विन्डोज ८ मा ठूलो परिवर्तन गर्दैे विन्डोज ८.१
ले स्टार्ट मेन्युमा परिवर्तन गर्यो । विन्डोज ८.१ लाई पनि विन्डोज १० मा
अप्ग्रेड गर्न सकिने छ ।
विन्डोज १० ले भने पिसी, ट्याब्लेट र फोन प्लाटपर्महरुलाई झनै नजिक ल्याउने माइक्रोसफ्टले घोषणा गरिसकेको छ ।
विन्डोज १० ले भने पिसी, ट्याब्लेट र फोन प्लाटपर्महरुलाई झनै नजिक ल्याउने माइक्रोसफ्टले घोषणा गरिसकेको छ ।
सबैभन्दा पछिल्लो र परिस्कृत ‘विन्डोज १०![Windows-10-14](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_sGEBqzqc5Q3uCvR40Vna3-MlTDCzKQnz_qdAE_KcNmNeIy9I2fJK4ww13YTVQfH7RrN1EJP4f_ggjZIps5UGAX3MA6hKHPICK75Mjxsxup4NQ2iOzBQVbqE2XStQr-BAiNJIfR3hVdgmEh8Jv7L55u=s0-d)
माइक्रोसफ्टले
हालै विन्डोज १० सार्वजनिक गर्यो । यसमा विन्डोज ७, ८ र ८.१
प्रयोगकर्ताहरुले एक वर्षका लागि विन्डोज १० मा अप्ग्रेड गर्न पाउाने भएका
छन् । विन्डोज १० अझ आकर्षक टास्क बार र स्टार्ट मेन्युलाई पुरा स्क्रिन
बनाउन सकिने क्षमताका साथ आएको छ । यसको विल्डमा पनि अप्डेट गरिएको एक्सन
बटन रहेको छ जसमा, दाहिने तर्फ नोटिफिकेसन बार रहेको छ । यसतर्फ तपाईको
मनपर्ने एपको सर्टकट र सेटिङ पनि रहेको छ । कोर्टाना माइक्रोसफ्टले विन्डोज
१० का लागि ल्याएको भोइस असिस्टेन्ट हो । आफूले जान्न चाहेका सवालहरु
जस्तो मौसम, फ्लाइट ट्राकिङ् र अन्य ठाउा विशेषका जिज्ञासाहरु सोधेर तिनको
जवाफ प्रप्त गर्न सकिन्छ । त्यस्तै आफ्नो अप्रेटिङ सिस्टमलाई सबै
प्लाटफर्ममा पुर्याउनका लागि माइक्रोसफ्टले ८ इन्च वा सोभन्दा साना आकारका
डिभाइसहरु जस्तो स्मार्टफोन वा सना ट्याब्लेटमा विन्डोज १० कस्तो हुनेछ
भनेर देखाएको छ । त्यस्तै अब पिसी तथा मोबाइलमा विन्डोज १० एकै प्रकृतिले
काम गर्नेछ । विश्वव्यापी अनुभव एउटै बनाउनका लागि माइक्रोसफ्टले आफ्ना
एपहरुलाई पुन: परिमार्जन गरेको हो । अर्को विशेषताको रूपमा माइक्रोसफ्टले
लामो समयदेखि प्रतीक्षा गरेको नयाँ ब्राउजर “स्पार्टन” ल्याएको छ । यस
ब्राउजरले गुगल क्रोमलाई पनि चुनौति दिने आंकलन गरिएको छ । प्रयोगकर्ताले
ब्रउजरले राखेको “रिडिङ् लिस्ट” मा पछि पढ्नका लागि वेबपेजहरु अफलाइनमा सेभ
पनि गर्न सक्नेछन् । त्यस्तै विन्डोज १० मा रहेको एक्सबक्स एपले
गेमरहरुलाई एक्सबक्स लाइभमा रहेका आफ्ना साथीहरुबीच भोइस र टेक्स्ट च्याट
गर्न सक्ने सुविधा दिएको छ । भिडियो गेमका क्लिप्सहरुलाई इन्स्ट्राग्राममा
जस्तै गरी सेयर पनि गर्न सकिने छ । अर्को महत्त्वपूर्ण फिचरको
रूपमा माइक्रोसफ्टले ब्यवसायका लागि फोके डिस्प्ले स्क्रिन भएको
माइक्रोसफ्ट सर्फेस हब सार्वजनिक गरेको छ । विन्डोज १० मा आधारित साँच्चै
नै ठूलो आकारको यस ट्याबलेटबाट सोकेस प्रेजेन्टेसन, स्काइप कलहरु र
वाइटवोर्डमा जस्तै गरि यसमा लेख्न सकिन्छ ।
No comments